१२ वैशाख, काठमाडौं । निजामती ऎनमा निजामती सेवाबाट अवकास हुने कर्मचारीहरुले दुई वर्षसम्म अरु पदमा बस्न नपाउने गरी कुलिङ पिरियडसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अपराह्न सार्वजनिक गरेको विधेयकको मस्यौदामा मुख्यसचिव, सचिव र सहसचिवहरु पद छाडेको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक र अन्य सरकारी पदमा नियुक्ती हुन नपाउने व्यवस्था छ ।
यो नियम अनिवार्य अवकाश भएका वा राजीनामा दिएका कर्मचारीहरुको हकमा लागू हुनेछ ।
उच्चपदस्थ बाहेकका कर्मचारीहरुलाई पनि यो दुई वर्षे कुलिङ पिरियडको नियम राखिएको छ । अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेक अरु निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रूपमा काम गर्न पाउने छैनन् ।
यसैगरी अवकाश हुने पछिल्लो एक वर्ष भित्र कार्यरत निकायसँग सम्बन्धित संस्था वा त्यस्तो निकायले नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न पाउने छैनन् । र, त्यस्तो काम गर्ने कर्मचारीहरुले ऐन अनुसारको सेवासुविधा लिन नपाउने प्रस्तावित विधेयकमा उल्लेख छ ।
यसअघि पनि संघीय निजामती विधेयकमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था थियो । राज्यव्यवस्था समितिमा छलफल हुँदा उच्च पदस्थ कर्मचारीहरुले कुलिङ पिरियडको व्यवस्थाको विरोध गरेका थिए ।
विधेयक पारित गर्ने क्रममा यो व्यवस्थाम फेरबदल गरिएपछि संघीय संसदले छानविन समिति बनाएको थियो । त्यही विवादका कारण राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com