काठमाडौं- सरकारले शनिबार बिहानदेखि नै काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी क्षेत्र खाली गराउन थालेको छ ।
काठमाडौं उपत्यकामा बागमती र मनोहरा नदी किनारका अवैध संरचना हटाउन सुरु भएसँगै तीनकुने गैरीगाउँको बागमती किनारमा रहेका सुकुम्वासीले शनिबार आफ्ना सरसामान सार्न थालेका छन् । यसअघि बसोबास गर्दै आएका नागरिकले घर टहराबाट आफैँ बस्ती खाली गरिरहेका हुन् ।
सरकारले अतिक्रमित बस्तीमा शनिबार र आइतबार दुई दिन लगाएर खाली गर्नेछ । अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका ‘वास्तविक’ सुकुम्वासीलाई पहिचान तत्कालका लागि ५ वटा विभिन्न ठाउँमा पुनर्स्थापना गर्ने सरकारको तयारी छ ।
भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ । खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै सुकुमवासीको व्यवस्थापन मिलाएको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो । राजधानीका नदी किनारका बहुमूल्य सरकारी सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउन लागिएको सरकारले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com