labortelevision@gmail.com

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको पहिलो र दोस्रो परिषद् हेटौंडामा हुँदै



८ वैशाख, हेटौंडा।  नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) बागमती प्रदेशको पहिलो तथा दोस्रो परिषद्  आगामी वैशाख ११ र १२ गते हेटौंडामा आयोजना गरिने भएको छ। 

  महिला उपाध्यक्ष तथाआयोजक समितिका संयोजक  शिला केसिका अनुसार परिषद् मा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्ला तथा अाबाद्ध संघका बागमती प्रदेश समिति र प्रदेश भित्रबाट  ट्रेड युनियन कांग्रेसमा   प्रतिनिधित्व गर्ने  ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहनेछ। परिषद्ले आय ब्यय लगायात संगठन  सुदृढीकरण, श्रमिक अधिकार संरक्षण, आगामी रणनीति निर्माण तथा वार्षिक कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

 परिषद्ले कार्यक्रमहरु मार्फत प्रदेशस्तरमा ट्रेड युनियन गतिविधिलाई थप प्रभावकारी बनाउने, श्रमिकहरूको हकहितका सवाललाई सशक्त रूपमा उठाउने तथा नेतृत्व विकासमा जोड दिने लक्ष्य राखेको छ। साथै, संगठन विस्तार, समन्वय र क्षमता अभिवृद्धिका विषयमा पनि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको  कुराबागमती प्रदेश अध्यक्ष  गणेश भट्टराईले बताउनु भयो।

NTUC बागमतीले परिषद्लाई बर्तमानमा श्रमिक  आन्दोलनलाई नयाँ दिशा दिने अवसरका रूपमा लिएको जनाएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले श्रम नीति, रोजगारीका अवसर तथा कार्यस्थल सुरक्षाका विषयमा आफ्नो धारणाहरु राख्नेछन्।

नेपाल ट्रेड युनियन कांग्रेस (NTUC)  बागमती प्रदेशले श्रमिक अधिकार संरक्षण, नेतृत्व विकास र संगठन विस्तारलाई केन्द्रमा राख्दै आफ्नो गतिविधि तीव्र बनाउदै आएको छ। संघीय संरचना अनुसार प्रदेशस्तरमा संगठन पुनर्संरचना भएपछि NTUC बागमतीले जिल्लास्तरका ट्रेड युनियनहरूबीच समन्वय, नीति वकालत र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

NTUC बागमतीले विभिन्न सचेतना तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसमा:

श्रमिक सवाल कार्यक्रम

सचेतना बैठक तथा दीप प्रज्वलन कार्यक्रम

खेलकुद (जस्तै ब्याडमिन्टन प्रतियोगिता)

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरु

त्यस्तै, वार्षिक कार्ययोजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दिवसहरू मनाउदै  आएको  छ:

मे १ – अन्तर्राष्ट्रिय श्रमिक दिवस

मार्च ८ – अन्तर्राष्ट्रिय महिला दिवस

अप्रिल २८ – श्रमिक सुरक्षा तथा स्वास्थ्य दिवस

जुन १२ – बालश्रम विरुद्ध दिवस

अक्टोबर ७ – सम्मानजनक काम दिवस आदि रहेका छन् ।






प्रतिक्रिया