काठमाडौं। सरकारले मध्यपूर्व लगायतका १२ देशमा काम गर्न जानका लागि रोकिएको श्रमस्वीकृति खुला गरेको छ ।
इजरायल-अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ देखि ती देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रमस्वीकृति दिन बन्द गरिएको थियो । सरकारले नयाँ श्रमस्वीकृति रोके पनि पुनः श्रमस्वीकृति भने जारी गर्दै आएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयबाट यी मुलुकमा जान श्रमस्वीकृति खोल्ने निर्णय गरेको हो । अब साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायल जान नेपालीले व्यक्तिगत, संस्थागत र वैधानिकीकरण गरी सबै किसिमका श्रमस्वीकृति पाउने छन् ।
वैदेशिक रोजगार विभागले सोमबार सार्वजनिक गरेको सूचना अनुसार यी १२ देशमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरण सहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरिएको हो । यस्तै, अर्को मुलुक इराकको विषयमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ ।
सरकारले नयाँ श्रमस्वीकृति रोकेपछि यी मुलुकमा जाने नेपाली कामदारको संख्यामा गिरावट आएको थियो । वैदेशिक रोजगार विभागका अनुसार गत आवको तुलनामा चालु आवको फागुन र चैतमा श्रमस्वीकृति कम जारी भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com