labortelevision@gmail.com

विवादका बीच सकियो बाग्मति प्रदेशको परिषद

हेटौंडा,आइतबार, वैशाख १३, — नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) बाग्मति प्रदेशको पहिलो र दोस्रो परिषद हेटौंडामा सम्पन्न भएको छ। आयोजक समितिका संयोजक शीला के.सी.का अनुसार परिषदले सहसचिव रमेश धिमिरेद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्ष रमेश खनालले पेश गरेको आर्थिक विवरण पारित गरेको छ।

बाग्मति प्रदेश अध्यक्ष गणेश भट्टराईको अध्यक्षता सम्पन्न परिषदमा आबद्ध संघ, प्रदेश समिति तथा जिल्ला अध्यक्षहरूले आफ्ना गतिविधिको बिबरणहरु, वर्तमान ट्रेड युनियनको अवस्था र आगामी कार्यक्रमबारे प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा लुम्बिनी र मधेश प्रदेशका अध्यक्षहरूले प्रदेश संरचना र अधिकारबारे धारणा राख्दै केन्द्रसम्म पुग्ने प्रक्रियामा प्रदेशलाई प्रमुख आधार बनाइनुपर्नेमा जोड दिएका थिए। उनीहरूले केन्द्रले पनि सिधै जिल्लामा नगई प्रदेशमार्फत काम गर्नुपर्ने तथा महाधिवेशन प्रतिनिधित्वमा प्रदेशको भूमिका सुनिश्चित गर्नुपर्ने बताएका थिए।

त्यसैगरी, केन्द्रीय समिति तथा आबद्ध संघका नेतृत्वहरूले वर्तमान सरकारले ट्रेड युनियनप्रति नकारात्मक धारणा फैलाएको र अभियन्ताहरूलाई त्रसित बनाउने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले ट्रेड युनियनहरू स्वयं पनि श्रमिकमैत्री, पारदर्शी र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

परिषदमा बाग्मति प्रदेश समितिले विगतमा सम्पन्न गरेका गतिविधिहरूको समीक्षा गर्दै श्रमिक हितका लागि आगामी कार्यक्रमहरू समेत प्रस्तुत गरेको थियो।

यद्यपि, परिषदको क्रममा केही उपाध्यक्षहरु  सचिव लगयतले  गरिएका कामहरु प्रति असहमति जनाउँदै अनुपस्थित भएका थिए। यस अघि बिबादकै कारण गत वर्ष परिषद भएको थिएन । यस वर्ष पनि परिषद रोक्नका लागि राष्ट्रिय समितिमा निवेदन समेत दिएको जनाइएको छ। साथै,निवेदनमा केहीको हस्ताक्षरको दुरुपयोग समेत गरिएको आरोप समेत लगाइएको छ।

बाग्मति प्रदेश समितिका पदाधिकारि नेै ट्रेड युनियनप्रति  सामाजिक सन्जालमा नकारात्मक धारणा फैलाउदै रहे पनि अनुशासनको कारबाहि नगरिनुले पनि ट्रेड युनियनमा अनुशासन हराउदै गएको भनि प्रश्न समेतउठाईएको छ ।

के के गरेछ त बाग्मति प्रदेशले?

परिषदमा पेश गरिएको प्रतिवेदन अनुसार बाग्मति प्रदेशले विगत अवधिमा श्रमिकहरूको हक–अधिकार संरक्षण, महिला सशक्तिकरण तथा संगठन सुदृढीकरणका क्षेत्रमा महत्वपूर्ण कार्यहरू गर्दै आएको छ।

यस अवधिमा संस्थाले विभिन्न सामाजिक, सचेतनामूलक, तालिम तथा संगठन सुदृढीकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ।

मुख्य उपलब्धिहरू

* संस्थापक अध्यक्षको स्मृति दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न।

* अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ¥याली तथा सभा आयोजना।

* तीज, दशैं, तिहार, माघी लगायतका पर्वहरूमा शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन।

* लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न।

तालिम तथा क्षमता विकास

* नेतृत्व विकास तथा ट्रेड युनियन सम्बन्धी तालिम सञ्चालन।

* प्रतिनिधिहरूबीच अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू आयोजना।

महिला सशक्तिकरण कार्यक्रम

* महिला समितिमार्फत स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन।

* तीजको अवसरमा महिला श्रमिक केन्द्रित कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न। 

संगठनात्मक गतिविधि

* प्रदेश तथा स्थानीय तहमा बैठक, छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन।

* नियमित साप्ताहिक बैठक तथा समन्वय कार्य निरन्तर रूपमा सञ्चालन।

अन्य गतिविधि

* “श्रमिक डायरी” प्रकाशन।

* निर्वाचन अवधिमा विभिन्न जिल्लामा जनचेतनामूलक तथा संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन।

* अन्तर्राष्ट्रिय (थाइल्याण्ड) कार्यक्रममा सहभागिता।

यस अवधिमा संस्थाले श्रमिक हित, महिला सशक्तिकरण, नेतृत्व विकास र संगठन सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।

संस्थाले विगतका उपलब्धिहरूलाई आधार मानी आगामी दिनमा श्रमिक हित संरक्षण, महिला सशक्तिकरण, क्षमता विकास तथा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।

मुख्य लक्ष्यहरू

* श्रमिकहरूको हक–अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने

* संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म सुदृढ बनाउने

* महिला तथा कमजोर वर्गको सहभागिता वृद्धि गर्ने

* नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने

कार्य योजना

१. श्रमिक हित तथा सामाजिक सुरक्षा

* श्रमिकहरूको सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक तथा श्रम अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन

* श्रमिक समस्याहरू समाधानका लागि सरोकारवालासँग समन्वय र संवाद कार्यक्रम

२. तालिम तथा क्षमता विकास

* नेतृत्व विकास तालिम, ट्रेड युनियन शिक्षा तथा सीप विकास तालिम सञ्चालन

* युवा तथा नयाँ सदस्यहरूलाई लक्षित अभिमुखीकरण कार्यक्रम

३. महिला सशक्तिकरण

* महिला श्रमिकहरूको अधिकार, स्वास्थ्य र सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रम

* महिला नेतृत्व विकास तथा सहभागिता अभिवृद्धि अभियान

४. संगठन सुदृढीकरण

* प्रदेश, जिल्ला र स्थानीय तहमा संगठन विस्तार

* नियमित बैठक, अन्तरक्रिया तथा समन्वय कार्यक्रमलाई प्रभावकारी बनाउने

५. जनचेतना तथा अभियान

* लैङ्गिक हिंसा विरुद्ध, श्रमिक अधिकार र सामाजिक न्यायका विषयमा अभियान सञ्चालन

* विभिन्न दिवस तथा पर्वहरूमा सचेतनामूलक कार्यक्रम आयोजना

६. अनुसन्धान तथा प्रकाशन

* श्रमिक सम्बन्धी अध्ययन, तथ्याङ्क संकलन तथा “श्रमिक डायरी” जस्ता प्रकाशनलाई निरन्तरता

७. अन्तर्राष्ट्रिय सहकार्य

* श्रमिक अधिकार र जलवायु परिवर्तन जस्ता विषयमा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सहभागिता विस्तार

उपरोक्त योजनाहरूको प्रभावकारी कार्यान्वयनबाट संस्थाले श्रमिकहरूको जीवनस्तर सुधार, महिला सशक्तिकरण र संगठनको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।






प्रतिक्रिया