४ वैशाख, काठमाडौ । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ ( आईटिएफ ) विश्व समितिले नेपाली ट्रेड युनियनप्रति ऎक्यवद्द्ता जनाएको छ । नेपाल सरकारले भर्खरै ल्याएको ट्रेड युनियन खारेजीको प्रस्तावको विरुद्ध नेपाली ट्रेड युनियन महासंघहरुसंगै उभिदै आईटिएफले ऎक्यवद्दता जनाएको हो । महासंघको वैशाख ३ र ४ गते लण्डनमा सम्पन्न बैठकले ट्रेड युनियन अधिकार विरोधी कदम गलत भन्दै एकमतले नेपाली श्रमिकको पक्षमा ऎक्यवद्द्ता जनाएको हो ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवं आईटिएफका बोर्ड सदस्य अजय कुमार राईले नेपाली ट्रेड युनियन र श्रमजीवीको विपक्षमा सरकारले ल्याएको कार्यसुचीमार्फत ट्रेड युनियन खारेजीको प्रस्ताव गरेको जानकारी गराउनुभएको थियो । राईले नेपालको संविधान र अन्तर्राष्ट्रिय महासन्धिहरु विपरित नेपाल सरकारको कदमबारे आईटिएफको विश्व बैठकलाई ऎक्यवद्दता जनाउन आग्रह गर्नु भएकोथियो ।
आइटिएफका महासचिव स्टिफन कटनले आईटिएफ सदैव श्रमिकहरुको पक्षमा रहने बताउनु हुँदै सरकार र ट्रेड युनियनहरु संवाद गर्नुपर्ने बताउनुभयो ।
बैठकले विश्वभरिका यातायात श्रमिकहरुको अवस्थाको वृहत् छलफल गर्दै यातायात श्रमिकहरुको सशक्तीकरण गर्ने र अमेरिका इरान युद्धले पानी जहाजमा काम गर्ने श्रमिकको अवस्थाबारे छलफल गरेको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवं आईटिएफका बोर्ड सदस्य अजय कुमार राईले जानकारी दिनुभयो ।
आईटिएफसंग विश्वका ७५० भन्दा बढी यातायात क्षेत्रका मजदुर युनियनहरु आबद्ध छन् भने रेल,सडक, पानी जहाज, हवाई, बन्दरगाह र पर्यटन यातायात क्षेत्रमा काम गर्ने दुई करोड भन्दा बढी सदस्यहरु रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com