काठमाडौ । दक्षिण एसिया क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बहादुर बस्नेतले अहिले एल्गोरिदमले हरेक कुरालाई नकारात्मकता फैलाउदै सामुहिकतालाई कमजोर बनाउदै लगेको बताउनुभएको छ । श्रम ऎनका केही दफाहरुको कारण श्रमिकका अधिकार कोन्ठित हुँदै गएको बताउनु हुँदै प्रतिष्ठानहरुमा पहिले जस्तो सामुहिक सौदाबाजी समेत हुन छोडेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले देशको हरेक परिवर्तनमा ट्रेड युनियन आन्दोलनको ठुलो योगदानले रहेको स्मरण गर्नुहुँदै ट्रेड युनियन अधिकार खारेजको प्रस्ताव स्वीकार गर्न नसक्ने बताउनुभयो । नेपालको संविधान र आईएलओ महासन्धिमा व्यवस्था भएको संगठित हुने र ट्रेड युनियन अधिकारको जुनसुकै सरकारले सम्मान गर्नुपर्ने विचार राख्नुभयो ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहालले ट्रेड युनियन आन्दोलन विकास विरोधी नभई समन्वयकारी संस्था भएको बताउनु हुँदै ट्रेड युनियन अधिकारलाई कसैले बन्चित गर्न नसक्ने विचार राख्नुभयो । उहाँले ट्रेड युनियन अधिकार विश्वव्यापी र संवैधानिक अधिकार रहेको समेत बताउनुभयो । दाहालले अहिले परम्परागत श्रम संसार परिवर्तित हुँदै डिजिटल श्रममा प्रवेश भएकोले समय सापेक्ष सीप दिनुपर्ने बताउनुभयो । श्रम संसार परिवर्तनसंगै श्रमिकको अधिकारहरु समेत खुम्चिदै गएको बताउनु हुँदै ट्रेड युनियन आन्दोलन पनि नयाँ भर्जनमा जानुपर्ने विचार राख्नुभयो । उहाँले ट्रेड युनियनको एजेन्डा रोजगारी , सीप र बेरोजगारी विरोधी अभियान हुनुपर्ने बताउनुभयो ।
पुर्व सांसद रमा पौडेल राजनीतिक पार्टीहरु श्रमजीवी वर्गको समस्यामा
गम्भीर नभएको बताउनु हुँदै श्रमजीवीको समस्या समाधान गर्न ट्रेड युनियनहरु
नै सशक्त हुनुपर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी सुदिप पाठकले ट्रेड युनियन अधिकार संवैधानिक अधिकार भएकोले बन्देज गर्न नसकिने बताउनु भएकोछ । नेपाल ट्रेड युनियन कांग्रेसले सोमबार आयोजना गरेको परिवर्तित परिवेशमा ट्रेड युनियन अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो विचार राख्नु भएको हो ।
पाठकले मानव अधिकार सम्बन्धी महासन्धिले ट्रेड युनियन र संघसंस्था खोल्ने एवं सञ्चालन गर्ने अधिकार सुरक्षित रहेको बताउनु हुँदै ट्रेड युनियन खारेज गर्न नसकिने जिकिर गर्नुभयो । संवैधानिक अधिकार कुनै ऎन कानुन जस्तो कसैले चाहदैमा कटौती गर्न नसक्ने बताउनुभयो । उहाँले आजको विश्व आफ्नो मात्र दृष्टिकोण सहि हो भन्ने एक सुत्रीय हल्लालाई वास्तविक कुरालाई प्रसार गर्नुपर्ने बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com