labortelevision@gmail.com

श्रम मन्त्रालयको सबै सेवा डिजिटल माध्यमबाट

​काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना सम्पूर्ण सेवाहरूलाई एकीकृत गर्दै नयाँ डिजिटल प्रणाली ‘श्रम संसार’ कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउन मन्त्रालयले यो ‘एकद्वार प्रणाली’  सुरु गरेको हो।

मन्त्रालयका अनुसार अब श्रम र रोजगार क्षेत्रका सबै सरोकारवालाहरू यसै प्रणालीमा आबद्ध हुनुपर्नेछ। ​मन्त्रालयले तत्काल ‘श्रम संसार’ मा दर्ता हुन निजी क्षेत्र तथा विभिन्न संघ-संस्थाहरू, रोजगारीको खोजीमा रहेका व्यक्तिहरू, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरू निर्देशन दिएकोछ । 

​यो प्रणाली लागू भएपछि आन्तरिक रोजगारीको क्षेत्र थप व्यवस्थित हुने मन्त्रालयको विश्वास छ। यसबाट नागरिकले ​श्रम र रोजगारसम्बन्धी एकीकृत सूचना,​नयाँ रोजगारीका विज्ञापनहरूको जानकारी र  ​तालिमका अवसरहरूको विवरणको सूचना प्राप्त गर्न सक्नेछन्  ।

प्रतिक्रिया