चैत १५, काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको बैठक नुवाकोटमा सम्पन्न भएकोछ । बैठकको उद्घाटन गर्नुहुदै नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले ट्रेड युनियन आन्दोलनले विश्व लोकतन्त्रलाई मजबुत बनाउने काम गर्ने बताउनुभयो । ट्रेड युनियनले गरिखाने वर्गको हतहितका साथै सबै खालको विभेदको विरुद्धमा आवाज उठाउने भएकोले बलियो लोकतन्त्रकोलागी ट्रेड युनियन बलियो हुनुपर्ने बताउनुभयो । उहाँले ट्रेड युनियनहरु अझै अनौपचारिक क्षेत्रमा पुग्न नसकेको समेत औलाउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमार कुँवरले बदलिँदो परिवेशमा ट्रेड युनियन कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने बताउनुभयो । उहाँले ७५३ वटै स्थानीय तह , अनौपचारिक क्षेत्र र नयाँ क्षेत्रहरुमा संगठन विस्तार गर्ने, सुदृढीकरण गर्ने र परिचालन गर्ने कार्ययोजना सहित अगाडि बढ्ने बताउनुभयो ।
ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले अझै पनि श्रमजीवीहरु न्यून पारिश्रमिक र सामाजिक सुरक्षा बिना काम गरिरहेको बताउनु हुँदै युनियनले सशक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस आप्रवासी विभागका सचीव सुभास लोहनी, ट्रेड युनियन काँग्रेस केन्द्रिय सदस्य विष्णु अधिकारी, शान्ती धामी, सुदिप बुढाथोकी, अर्जुन पाठक, पुर्व केन्द्रीय सदस्य सुर्य नेपाल, ट्रेड युनियन कांग्रेस बागमती प्रदेश उपाध्यक्ष ओम अधिकारी, शिला केसी, नेपाल इम्ब्रोईडरी सिलाईबुनाई तथा हस्तकला श्रमिक संघका उपाध्यक्ष सीता कार्की, नेपाल भन्सार विमानस्थल तथा सम्बद्ध श्रमिक संघका महासचिव सरिता आचार्य प्रधान, ट्रेड युनियन कांग्रेस बागमती प्रदेश सहसचिव ऋषिराम गिरी, महिला समिति अध्यक्ष अनु शर्मा र ट्रेड युनियन कांग्रेस प्रचारप्रसार एवं प्रकाशन विभाग सदस्य शिव देवकाेटा लगायतले जुनसुकै व्यवस्था आए पनि श्रमिकको अवस्था परिवर्तन नआएको बताउनुभयो ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर जिल्ला समिति अध्यक्ष यम श्रेष्ठ , सिन्धुली अध्यक्ष श्यामहरी अधिकारी, रसुवा अध्यक्ष शारदा आचार्य, नुवाकोट अध्यक्ष मछिन्द्र खड्का, फियन बागमती अध्यक्ष कुमार दाहाल नाई संघ बागमती अध्यक्ष राजेश ठाकुर, ट्रेड युनियन कांग्रेस काठमाडौ उपाध्यक्ष यादव पौडेल , सिन्धुपाल्चोक सचिव चोक प्रसाद आचार्य, काभ्रे कोषाध्यक्ष जनक खड्का लगायतले परिवर्तित परिवेशमा नयाँ ढंगले जानुपर्ने बताउनुभयो ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमार कुँवर, उपमहासचिव बलदेव तामाङ , केन्द्रिय सदस्य सुदिप बुढाथोकी , बागमती अध्यक्ष गणेश भट्टराई र पुर्व केन्द्रीय सदस्य सुर्य नेपालले संगठानिक सुदृढीकरणबारे प्रशिक्षण दिनुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com