labortelevision@gmail.com

कांग्रेसको पक्षमा मत नआउनुमा समानुपातिकमा परेका उम्मेदवारहरूको अनुहार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार स्वाँरले नेपाली कांग्रेसको पक्षमा मत नआउनुमा समानुपातिकमा परेका उम्मेदवारहरूको अनुहार पनि एउटा कारण भएको बताएका छन् 

समानुपातिक उम्मेदवारहरू अघिल्लो नेतृत्वले छानेको हुनाले पनि नेपाली कांग्रेसमा जनताले मत नदिएको उनको तर्क छ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले अब बन्ने सरकार ट्रेड युनियन विरोधी हुने र ट्रेड युनियन खारेज गर्ने जस्ता गैरजिम्मेवार अभिव्यत्तिले ट्रेड युनियन कर्मीमा त्रास फैलिएको बताए। 

यही त्रासका कारण हालै नेपाल शिक्षक संघ दाङले आफ्नो नाममा रहेको रकम र जग्गा पार्टीको नाममा सारेको उदाहरण दिँदै ट्रेड युनियन अधिकार वर्तमान संविधानमा माैलिक हकका रूपमा रहेकाे र त्यसप्रति पार्टी प्रतिबद्ध हुनुपर्ने बताए। उनले नेपाली कांग्रेस पार्टी को जन्मदाता नै ट्रेड युनियन भएको र ट्रेड युनियन मास्ने कुरा आमाकै हत्या गर्ने कुरा जस्तै भएकोले ट्रेड युनियन खारेज गर्ने कुरा नेपाली कांग्रेसले गर्न नहुने बताए। 

केन्द्रीय सदस्य स्वारले पार्टीको यो वर्तमान समिति एकताबद्ध भई अगाडि बढेर पार्टीमा श्रमिककाे प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने र सक्रिय भात्री संस्था तथा सुभेक्षुक संस्थालाई सहयोग गर्दै निष्क्रियहरुलाई नयाँ व्यवस्था गरेर जानुपर्ने धारणा राखेका थिए। 

केन्द्रीय सदस्य स्वाँर राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष एवं ट्रेड युनियन कांग्रेसका केन्द्रीय सल्लाहकार समेत रहेका छन्।

प्रतिक्रिया