काठमाडौं, चैत्र १२ — जन आन्दोलन २०४६ को पृष्ठभूमिमा स्थापना भएको नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (UPSIN) ले आज आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ।
वि.सं. २०४८ साल चैत्र १२ गते श्रम विभागमा “नेपाल अन्तर संस्थान कर्मचारी” का रूपमा विधिवत दर्ता भई स्थापना भएको संघले समयसँगै नाम रूपान्तरण गर्दै हाल “नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (Union of Public Service in Nepal – UPSIN)” को रूपमा निरन्तर क्रियाशीलता देखाउँदै आएको छ।
संघले हाल नेपालभर रहेका २५ वटा सार्वजनिक सेवा प्रदायक संस्थाहरूका प्रतिष्ठानस्तरीय ट्रेड युनियनहरूलाई समेट्दै राष्ट्रिय स्तरको संगठन निर्माण गरी श्रमिक अधिकार र सेवा प्रवाह सुधारमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।
संघ राष्ट्रिय स्तरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस (NTUC) सँग आबद्ध रहेको छ भने अन्तर्राष्ट्रिय रूपमा Public Services International (PSI) तथा UNI Global Union (UNI) सँग सहकार्य गर्दै श्रम अधिकार, क्षमता अभिवृद्धि र सीप आदान–प्रदानमा संलग्न रहँदै आएको छ।
स्थापना दिवसका अवसरमा शुभकामना ब्यक्त गर्दै यसका अध्यक्ष राजेन्द्र दाहालले श्रमिक अधिकारको रक्षा, कार्यक्षेत्रको लोकतान्त्रीकरण तथा सामूहिक सौदाबाजी प्रक्रियालाई संस्थागत गर्दै गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा संघ प्रतिबद्ध रहेको बताए।
उनले आगामी दिनहरूमा देखिन सक्ने चुनौतीहरूको सामना गर्न संघ अझ सशक्त रूपमा अघि बढ्ने उल्लेख गर्दै सम्पूर्ण श्रमिकहरूबीच ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे।
संघले देशभरका श्रमिकहरूलाई शुभकामना व्यक्त गर्दै श्रम अधिकारको संरक्षणका लागि निरन्तर अग्रपंक्तिमा रहने प्रतिबद्धता समेत दोहोर्याएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com