labortelevision@gmail.com

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, के भएको थियो पारसलाई

चैत १९, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई बिहीबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको छ ।केही वर्ष अगाडि ‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ' एक चिकित्सकले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने ।

पेसमेकर मुटुलाई कृतिम चाल दिने यन्त्र हो । व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न नसक्दा शरीरमा पेसमेकर राखिने गर्छ ।

प्रतिक्रिया