काठमाडौँ, वैशाख ५ — संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समिति को सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ। खड्का नेपाली काग्रेसका संबद्ध हुनुहुन्छ ।
शुक्रबार बसेको समितिको बैठकले खड्कालाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य सीताराम साह ले गर्नुभएको थियो। सभापति पदका लागि खड्काको मात्र उम्मेदवारी परेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। खड्काको नाम प्रस्ताव मोहनबहादुर आचार्यले गर्नुभएको थियो।
निर्वाचनपछि बोल्दै नवनिर्वाचित सभापति खड्काले सार्वजनिक लेखा समितिलाई राज्यको महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै आफ्नो कार्यकालमा आर्थिक सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले भन्नुभयो, “मुलुकको आर्थिक विकासका लागि आर्थिक अनुशासन र सुशासन अपरिहार्य छन्। विगतका विसङ्गतिहरू अब दोहोरिन दिइने छैनन्।”
खड्काले संघदेखि स्थानीय तहसम्मका सरकारी निकायमा पारदर्शिता र जवाफदेहिताको कमी रहेको औँल्याउँदै सुधार आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार सरकारी खर्च प्रणालीलाई व्यवस्थित गर्दै लेखा परीक्षणलाई थप प्रभावकारी बनाइनेछ।
नवनिर्वाचित सभापतिले नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्ने गरी समितिको भूमिका सुदृढ बनाउने लक्ष्य पनि व्यक्त गर्नुभएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com