labortelevision@gmail.com

संसदको १२ समिति मध्धे ११ समितिमा रास्वपाका उमेद्वार,लेखा समिति चै कांग्रेसलाई

काठमाडौँ, बैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाअन्तर्गतका ११ वटा समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्दै संसदीय समितिहरूमा बलियो दाबेदारी प्रस्तुत गरेको छ।

बिहीबार रास्वपाका सांसदहरूले ९ वटा विषयगत र २ वटा संयुक्त समितिमा उम्मेदवारी दिएका हुन्। प्रतिनिधि सभामा कुल १२ समिति (१० विषयगत र २ संयुक्त) रहे पनि सार्वजनिक लेखा समिति को सभापति पद भने रास्वपाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लाई छाड्ने निर्णय गरेको जनाएको छ।

रास्वपाले कानून, कृषि, पूर्वाधार र महिला समितिमा क्रमशः समीक्षा बास्कोटा, अशोककुमार चौधरी, आशिष गजुरेल र आकृति अवस्थीलाई अघि सारेको छ। त्यस्तै, राज्य व्यवस्था समितिमा हरि ढकाल, शिक्षा–स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग–वाणिज्य तथा श्रम समितिमा रहबर अन्सारी उम्मेदवार छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासले उम्मेदवारी दिएकी छन्। संयुक्त समितितर्फ संसदीय सुनुवाई समिति मा वोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति मा गणेश कार्की उम्मेदवार बनेका छन्।

संसद् सचिवालयका अनुसार उम्मेदवारी दर्तापछि अब सभापति चयनको प्रक्रिया अगाडि बढ्नेछ।

प्रतिक्रिया