labortelevision@gmail.com

मातातीर्थ औँसी आज मनाइँदै



काठमाडौं, वैशाख — “मातृदेवो भव” भन्ने मान्यतासहित आज देशभर मातातीर्थ औँसी मनाइँदैछ। यस दिन आमाप्रति सम्मान प्रकट गर्दै सन्तानहरूले बिहान स्नान गरी आमालाई मिष्ठान्न भोजन खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परा रहेको छ।

आमाबाट टाढा रहेका सन्तानहरू पनि आजकै दिन भेट्न पुग्ने तथा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्ने गरेका छन्। उपत्यकाका नेवा समुदायले भक्तपुरस्थित हनुमान घाट मा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गरेका छन्।

यस्तै, काठमाडौँको थानकोट नजिक रहेको मातातीर्थ मा मेला लागेको छ। श्रद्धालुहरूले कुण्डमा स्नान गरी दिवंगत आमाको नाममा अर्पण गर्ने गरेका छन्।

मातातीर्थ औँसीलाई आमाप्रतिको श्रद्धा, माया र सम्मान व्यक्त गर्ने विशेष पर्वका रूपमा लिइन्छ।

प्रतिक्रिया