labortelevision@gmail.com

नेपाल गृह श्रमिक ट्रेड युनियनको चौथो अधिवेशन सम्पन्न ,अध्यक्षमा ज्ञानु क्षेत्री

२२ चैत,काठमाडौं । नेपाल गृह श्रमिक ट्रेड युनियनको केन्द्रीय अध्यक्षमा ज्ञानु क्षेत्री निर्विरोध चयन भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न युनियनको चौथो राष्ट्रिय अधिवेशनबाट क्षेत्रीलाई अध्यक्षमा चयन गरिएको हो।

अधिवेशनले आगामी चार वर्षका लागि उपाध्यक्षमा सुवास खाती र अनिता तुलाधर, महासचिवमा हिरा के.सी. सचिवमा मनकुमारी राई र लक्ष्मी खड्कासहित १८ सदस्यीय कार्यसमिति चयन गरेको छ।

नेपाल गृह श्रमिक ट्रेड युनियन, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)सँग आबद्ध एक घटक युनियन हो।

अधिवेशनले गृह श्रमिकहरू श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा योजना तथा अन्य सुविधाबाट वञ्चित रहेको निष्कर्ष निकालेको छ।  साथै, गृह श्रमिकहरूको पहिचान सुनिश्चित गर्न स्थानीय तहमा पञ्जिकरण गर्ने, सामाजिक सुरक्षा लगायत श्रम ऐनले व्यवस्था गरेका सुविधाहरू दिलाउन ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया