labortelevision@gmail.com

एक वर्षमा आप्रवासनका क्रममा ७९ सय मानिसको मृत्यु

९ वैशाख , काठमाडौं । सन् २०२५ मा विश्वभरका आप्रवासन मार्गहरूमा करिब सात हजार ९०० मानिसहरूको मृत्यु वा बेपत्ता भएका इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले जनाएको छ ।

विभिन्न कारणले आप्रवासनमा जान बाध्य मानिसहरु सुरक्षित बाटाहरू नहुँदा खतरनाक र अनियमित यात्राहरू गरिरहेका एजेन्सीले बताएको छ ।

अझै यी तथ्यांकहरू वास्तविक संख्याभन्दा कम हुन सक्ने भन्दै इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले जनाएकोछ । 

 सन् २०२५ को यो तथ्यांक सन् २०२४ को रेकर्ड भन्दा  नौ हजार २०० भन्दा कम भए पनि यसलाई ठूलो चिन्ताको विषय मानिएको छ ।
अमेरिकामा नीतिगत परिवर्तन र दक्षिणी सीमा बन्द हुनाले मध्य अमेरिका हुँदै उत्तरतर्फ जानेहरूको संख्या घटेको छ, जसका कारण त्यहाँ हुने मृत्युमा कमी आएको देखिएको छ । युरोपका समुद्री मार्गहरूमा अझै पनि जोखिम कायमै छ, जहाँ हजारौँ मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

प्रतिक्रिया